logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ट्राफिक प्रहरीद्वारा २८ वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण 

    ट्राफिक प्रहरीद्वारा २८ वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण 

    2.4K
    Shares

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।

    काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको  एसएसपी जोशीले बताए । उनले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको छ, मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताए । 

    थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताए । उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे । उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्ये पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । पल्सर बाहेक पछिल्लो समय स्कुटरहरु समेत हराएको भनी निबेदन पर्ने क्रम बढेको महाशाखाले जनाएको छ ।

    कतिपय सवारी दर्ता किताव (विलबुक) सहित हराएका स्कुटरहरु नम्बर प्लेट समेत परिवर्तन नगरि चलाएको अबस्थामा सक्कल ब्लुबुक सहित ट्राफिक चेकिङ्गमा पर्दा ट्राफिक प्रहरीलाई समेत बास्तबिकता निर्क्यौल गर्न कठिनाई हुने देखिन्छ । महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाईकल हराएको भनि निबेदन परेको मध्ये ३०९ वटा मोटरसाईकल फेला पारेको हो । जस मध्ये २४४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । त्यैगरी बिभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाईकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान एव कारबाहीको लागी बिभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

    त्यसैगरि ट्राफिक महाशाखाको सुचनाको आधारमा उपत्यकाबाट हराएका १३ वटा मोटरसाईकलहरु उपत्यका बाहिरका बिभिन्न जिल्लाहरुबाट नियन्त्रणमा लिई सम्बन्धित धनीले प्राप्त गरेको समेत महाशाखाले जनाएको छ । महाशाखाले मोटरसाईकल चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरेको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend