logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

    3.1K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

    नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेश गरिएको हो ।

    राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताए । महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र समाधानका  विषयमा विस्तृतरुपमा प्रतिवेदनमा रहेको र यसको कार्यान्वयन भएमा कानूनको शासन स्थापना भई फौजदारी न्यायप्रशासन प्रभावकारी हुने र पीडितले न्याय पाउने बताए ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend