logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्‍याे, कर्मचारी जो भए पनि हुन्छ : मुख्यमन्त्री राई

    सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्‍याे, कर्मचारी जो भए पनि हुन्छ : मुख्यमन्त्री राई

    3.5K
    Shares

    मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

     प्रदेश नं १ सरकार अन्तर्गतका मन्त्रालय तथा निकायको हिजो बुधवार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरेका छन् । 

    ‘हामीलाई चिनियाँ उक्ति जस्तो– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’, उनले भने, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुप¥यो, कर्मचारी जो भए पनि हुन्छ ।’ उनले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीलाई निर्देशन गरे ।

    मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीलाई असहयोग नगर्न सचिवलाई आग्रह गरेका छन् । ‘यो वा त्यो कानुनको बहाना गरेर मन्त्रीलाई अलमल्याउनु भएन’, उनले भने,‘टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढङ्गले भन्नुप¥यो ।’

    उहाँले ऐन, कानुनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गरे । ‘अब जहाँ समस्या पर्छ त्यहाँ कानुन बनाउँदै जाने हो’, मुख्यमन्त्री राईले भने ।  

     समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताए । 

    ‘मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ’, उनले भने । उनले कामको प्रकृति र जिम्मेवारी अनुसार मन्त्रालयको बजेट फरक–फरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता वृद्धि हुनुपर्ने आवश्यकता औँल्याए ।

    उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले कर्मचारीलाई स्थिर सरकारको संज्ञा दिँदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।  

    यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजस्वको स्रोतलाई वृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताए ।

    प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावना अनुसार काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवलाई निर्देशन समेत दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend