logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • हराएको २० दिनपछि बालकुमारी मन्दिरको मूर्ति भेटियो

    हराएको २० दिनपछि बालकुमारी मन्दिरको मूर्ति भेटियो

    2.9K
    Shares

    काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । मूर्ति हराएको २० दिनपछि शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका(१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा फेला परेको हो । 

    महानगरीय प्रहरी परिसर ललितपुरकाअनुसार क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको प्रहरीले जनाएको छ । 

    उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend