logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • के संस्थापक शेयरधनीहरूलाई बोनस शेयर दिनु नराम्रो हो ?

    के संस्थापक शेयरधनीहरूलाई बोनस शेयर दिनु नराम्रो हो ?

    1.2K
    Shares

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाका संस्थापक समूहका शेयरधनीहरूलाई बोनस शेयर नदिने विषयमा छलफल शुरु भएको छ ।

    अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकमा यस विषयमा छलफल चलेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा शेयरधनीहरुलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो– संस्थापक समूह र दोस्रो– सर्वसाधारण समूह ।

    कम्पनी स्थापनाको समयमा लगानी गर्ने लगानीकर्ताहरुलाई संस्थापक शेयरधनी मान्ने गरिएको छ । बैंक तथा वित्तीय संस्था स्थापना भई सञ्चालनमा आएको २ वर्ष पछि सर्वसाधराणलाई साधारण शेयर –आईपीओ) जारी गर्नुपर्ने व्यवस्था छ ।

    आईपीओ जारी गरिएको शेयरलाई बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधराण समूहमा राख्ने गरेका छन् । यसरी दुई भागमा रहेका लगानीकर्ताहरु मध्ये संस्थापक समूहमा रहेका शेयरधनीलाई बोनस शेयर नदिने र नगद लाभांशमात्रै दिने विषयमा छलफल भएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।

    ति अधिकारीका अनुसार सर्वसाधारण शेयरधनीहरुलाई भने बोनस शेयर दिने तर नगद लाभांश नदिने भन्ने विषयमा छलफल चलिरहेको छ । यो प्रस्ताव शुरुमा भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले ल्याएका थिए ।

    उपाध्यक्ष पौडेलले यो उपाय अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दुबै जनालाई सुनाएका थिए । गभर्नर अधिकारी र अर्थमन्त्री शर्मा दुवै जना यो विषयमा सकारात्मक देखिएका छन् । पव्लिक कम्पनीलाई साच्चिकै पव्लिक बनाउनका लागि यसले धेरै राम्रो काम गर्ने उनको भनाइ छ ।

    सर्वसाधारणले बोनस शेयर पाउने र संस्थापकले नगद लाभांश पाउदै गर्दा विस्तारै सर्वसाधारणको शेयर स्वामित्व बढ्दै जान्छ ।

    ‘अहिले ५ अर्ब चुक्ता पुँजी भएको बैंक २५ अर्ब पुग्दा त्यहाँ बहुमत शेयर सर्वसाधारणको स्वामित्वका पुग्छ, यो धेरै राम्रो उपाय हो’ उनले भने । अहिले नेपालमा भएको सेयर संरचना सुधार गर्नै पर्ने विषय बेला बेलामा उठ्ने गरेको छ । अमेरिकामा समेत यस्तो सेयर संरचना छैन् । यसकारण पनि यो व्यवस्था गरेर सेयर संरचना परिवर्तन गर्नुपर्ने सुझाव उपाध्यक्ष पौडेलको छ ।

    के फरक छ संस्थापक र सर्वसाधारणमा ?
    नेपालका बैंक तथा वित्तीय क्षेत्रका साथै बिमा क्षेत्रमा पनि लगानीकर्ताहरुलाई प्रमोटर (संस्थापक) र अर्को पब्लिक –सर्वसाधारण) समूह भनेर दुई समूहमा विभाजन गरिएको छ । नेपालमै पनि बैंक, बीमा बाहेकका क्षेत्रमा यस्तो अभ्यास छैन । अर्थात कहीँ नभएको जात्रा नेपाली वित्तीय क्षेत्रमा छ ।

    अहिले बैंकहरुमा छुट्टाछुट्टै समूहबाट सञ्चालक चुनिने गरेका छन् । जस्तो– मुलुकको जेठो बैंक नेपाल बैंकको ७ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष सुमनराज अर्यालयसहित तीन जना सञ्चालकहरु संस्थापक समूहबाट नेपाल सरकारको प्रतिनिधित्व गर्दै सञ्चालक चुनिएका छन् भने विष्णुकुमार अग्रवाल सहित तीन जना सर्वसाधारण समूहबाट र एक जना विज्ञ सञ्चालकको रुपमा सञ्चालक समितिमा छन् ।

    यसरी लगानीकर्तालाई दुई समूहमा विभाजन गर्दाको असर सेयर बजारसम्म पुगेको छ । सेयर बजारमा दुईवटा नामबाट एउटै बैंकको छुट्टाछुटै कारोबार हुन्छ । नेपाल बैंक सरकारी लगानीको भएका कारण यसको छुट्टाछुट्टै कारोबार हुँदैन । कारोबारमात्रै होइन, सेयर मूल्यमा समेत यि दुई समूहको असर छ ।

    पुँजी बजारमा कारोबार पनि एकै नामबाट हुने उनी बताउछन् । तर केन्ऽीय बैंकले संस्थापक र पब्लिक भनेर दुइ भागमा छुट्याएको कारण नेप्सेमा पनि दुइ वटा स्टक नामबाटै कारोबार हुने प्रवक्ता पराजुलीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend