काठमाडौं । रहिम स्टर्लिङको ह्याट्रिककाे मद्दतमा इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ ।
नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याट्रिक गर्दा फिल फोडेनले एक गोल गरे ।
जितपछी सिटीले उपाधी दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंक सहित रेलिगेशन जोनमा छ ।
तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।