logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • सभामुख अग्नी सापकोटा सहित वरिष्ठतम न्यायाधीशहरुविरुद्ध एमालेले महाभियोग लगाउने तयारी

    सभामुख अग्नी सापकोटा सहित वरिष्ठतम न्यायाधीशहरुविरुद्ध एमालेले महाभियोग लगाउने तयारी

    1.6K
    Shares

    काठमाडौं, १ फागुन । गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सभामुख अग्निप्रसाद सापकोटासहित सर्वोच्च अदालतका केही वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी गरेको छ ।

    गठबन्धनका ९८ जना सांसदहरुले हस्ताक्षर गरेर प्रधानन्यायाधीश  राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले पनि आफ्ना सांसदहरुलाई आकस्मिक रुपमा बोलाएर यस्तो तयारी गरेको हो ।

    विश्वस्त स्रोतका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध महाभियोग दर्ताको तयारी गरेको छ । यसका लागि छलफल गरी अगाडि बढ्ने तयारी एमालेले गरेको छ  ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरा निलम्बनमा परेपछि वरियतामा माथि रहेका केही न्यायाधीशहरुविरुद्ध एमालेले महाभियोगको तयारी गरेको हो । यो सँगै महाभियोगको अस्त्र हानाहानको अवस्था सृजना हुने देखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend