logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • सत्तारुढ तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता, के–के भयो छलफल ? 

    सत्तारुढ तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता, के–के भयो छलफल ? 

    3.5K
    Shares

    काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार  विहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।

    पार्टीको सर्वदलीय बैठकअघि देउवाले प्रचण्ड र माधव नेपालसँग छलफल गरेका हुन् । उनीहरुबीच विहान ८ बजेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बुझिएको  छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको थियो ।  प्रधानमन्त्री देउवाले गत विहीबार पनि राजदूत नियुक्तिका सन्दर्भमा प्रचण्ड र नेपालसँग छलफल गरेका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend