logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • साना दलको बन्द आह्वान रोक्न गृह मन्त्रालयको निर्देशन

    साना दलको बन्द आह्वान रोक्न गृह मन्त्रालयको निर्देशन

    1.9K
    Shares

    काठमाडौँ ।  विभिन्न ६ वटा राजनीतिक दलले फागुन नेपाल बन्द आह्वान गरेपछि गृहमन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

    मन्त्रालयले मंगलबार साझँ विज्ञप्ति जारी गर्दे सबै जिल्ला प्रशासन कार्यलयलाई शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको हो ।

    बुधबार नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका छन् ।

    सरकारले नागरिकको अधिकार हनन गर्ने र गैरकानुनी काम गर्नेविरुद्ध सुरक्षा निकायलाई चनाखो हुन निर्देशन दिएको हो ।

    home.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend