logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • युक्रेन संकटः बाइडेनले भने, ‘रुसको हमलाको सम्भावना अहिले पनि यथावत्’

    युक्रेन संकटः बाइडेनले भने, ‘रुसको हमलाको सम्भावना अहिले पनि यथावत्’

    2.2K
    Shares

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसको हमलाको अझै पनि सम्भावना रहेको र उक्त हमलाको मानवीय मूल्य अति नै धेरै हुने बताएका छन् ।

    टेलिभिजनमा राष्ट्रको नाममा गरिएको सम्बोधनमा बाइडेनले अमेरिका यस्तो प्रकारको कदमको निर्णायक जवाफ दिनका लागि तयार भएको बताएका छन् ।

    अमेरिकी राष्ट्रपतिले रुसले अब युक्रेनसँगको सीमामा सैनिकको संख्या बढाएर करिब डेढ लाख पारेको बताएका छन् ।

    रुसका रक्षामन्त्रीले मंगलबार सैन्य बलको संख्या घटाइदिएको बताएको थियो जबकी बाइडेनले यो कुरा अहिलेसम्म पनि पुष्टि हुन नसकेको बताएका छन् ।

    उनले भने, ‘रुसले केही सेना फिर्ता बोलाएको त राम्रो हो तर हालसम्म यसको पुष्टि भएको छैन । रुसी सैन्य इकाई आफ्नो बेस फर्किरहेको भन्ने कुरा हामीले अहिलेसम्म पुष्टि गर्न सकेका छैनौँ । हामीले हाम्रो विश्लेषणमा रुसको सेनाले अहिले पनि युक्रेनको सीमामा धम्काउने र डर देखाउने स्थितिमा नै तैनाथ भएको पाएका छौँ ।’

    बाइडेनको यो बयान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको त्यो बयान पछि सार्वजनिक भएको हो जसमा पुटिनले भनेका थिए, ‘मस्कोको सुरक्षाबारे चिन्ता गर्नुपर्छ र साथै यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ ।’

    पुटिनले सधैँ युक्रेनमाथि हमलाको योजना अस्वीकार गर्दै आएका छन् । केही दिन अघि उनले रुसले युरोपमा अर्को एउटा युद्ध नचाहेको बताएका थिए । यद्यपि, दुबै देशका सीमामा नोभेम्बरदेखि तनाव बढ्दै गइरहेको छ र हालको समयमा यो चरम स्थितिमा छ ।’

    युक्रेन एक पूर्व सोभियत देश हो । यस्तोमा रुससँग उनको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ ।

    पुटिन पश्चिमी देशबाट युक्रेनलाई नेटो सैन्य गठबन्धमा समावेश नगर्नका लागि आश्वासन चाहन्छ किनभने रुस युक्रेनको कुनै पनि विस्तारलाई आफ्नो लागि एक खतराको रुपमा हेर्छ तर नेटोले पुटिनको यो माग खारेज गरेका छन् ।

    यस्तै, बाइडेनले एकपटक पुनः युक्रेनमाथि कुनै पनि प्रकारको आक्रमणको जवाफमा रुसमाथि प्रतिबन्ध लगाउन सकिने स्पष्ट पारेका छन् । यसका साथै उनले  दुई देशबीच युद्ध भए यसको असर अमेरिकी अर्थव्यवस्थामा पर्ने पनि बताएका छन् । अमेरिकामा बिजुली आपूर्तिमा समस्या र मूल्यवृद्धिको समस्या हुनसक्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend