logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

    दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

    1.7K
    Shares

    काठमाडौं । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । 

    फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ,  धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।

    मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालयस्तरमा छात्रछात्रालाई विशेष प्रशिक्षण दिन वार्षिकरुपमा रु ३० लाख सहयोग गर्ने जानकारी दिए । 

    उजले प्रशिक्षणबाट उत्कृष्ट भएका नेपाली खेलाडीको एक समूह गठन गरी भविष्यमा संयुक्त अधिराज्य अमेरिका र  ओमानलगायत अन्य देशमा प्रतियोगितामा सहभागी गराइने बताए। फाउण्डेशनका संयोजक अभिशेषक श्रेष्ठले तल्लो तहबाट युवा महिला खेलाडीलाई क्रिकेट सम्बन्धित ज्ञान दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्नका लागि सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको बताए । 
     
    उनले आफूले सन् २०१६ देखि विराटनगरमा प्रशिक्षण सुरु गरी हालसम्म १४ जना राष्ट्रियस्तरका महिला खेलाडी उत्पादन गर्न सक्षम भएको जानकारी दिए ।  संयुक्त अधिराज्यका तेस्रो तहका क्रिकेटका प्रशिक्षकद्वय साना वेग लि र जोनाथन वुथाले क्रिकेटप्रति छात्रछात्राको आकर्षण वृद्धि गरी आयआर्जनमा सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए । । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend