logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

    एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

    3.3K
    Shares

    महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरमा एम्बुलेन्सले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । सम्सी माईस्थान सडक अन्तर्गत रामनगरमा गएराति स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गौशाला नगरपालिका–११ भरतपुरका ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । 

    रातिको समयमा गौशालाबाट रामनगरतर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्बुलेन्सले ठक्कर दिँदा महतो घाइते भएका थिए । गम्भीरअवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले ठक्कर दिने एम्बुलेन्स चालक सर्लाही वरहथवा नगरपालिका –९ का ३४ वर्षीय रामविहारी महतो प्रहरीको नियन्त्रणमा रहेको डीएसपी प्रकाश विष्टले जानकारी दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend