काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा सहमति खोज्ने प्रयासमा आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे तय भएको छ ।
पटक पटक बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका छन् । गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । गत शुक्रबार बसेको गठबन्धनको बैठकमा पनि सहमति नजुटेपछि आजको लागि बैठक बोलाइएको हो ।
सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि माओवादी केन्द्र अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छ । त्यस्तै, शनिबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकले एमसिसी संसदमा टेबल हुन दिने तर, यथास्तिीमा भने पारित हन नदिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीमा अन्यौल रहँदा जनमोर्चा सडक आन्दोलनमा होमिसकेको छ ।