काठमाडौं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भूभागमा आंशिक बदली लागेको छ साथै तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै सोमबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यता मंगलबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक व दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।