काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज एउटा मात्रै एजेण्डा राखिएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ । जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन ।
बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका अन्य कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।