logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • जारी सिजनमा पीएसजीकाे दोस्रो हार

    जारी सिजनमा पीएसजीकाे दोस्रो हार

    1.8K
    Shares

    काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली पीएसजी एफसी नान्टेससंग ३-१ अन्तरले पराजित भएको हाे ।

    घरेलु मैदानमा नान्टेसले स्टार खेलाडी नेयमार, केलीयन एम्बाप्पे र लियोनल मेस्सीलाई रोक्दै जित सहित पाँचौं स्थानमा उक्लिएको छ । उसको जितमा रन्डाल कोलो मुअनी कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले एक एक गोल गरे । पीएसजीका नेयमारले सान्त्वना गोल फर्काए । 

    ५९ औं मिनेटमा नेयमारले पेनाल्टी सदुपयोग गर्न नसक्दा पीएसजी थप दबाबमा परेको थियो । हारपछी २५ खेलबाट ५९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा कायम छ । समान खेलबाट ३८ अंक बनाएको नान्टेस पाँचौं स्थानमा उक्लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend