काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै काठमाडौंमा आन्दोलन झनै चर्किएको छ ।
आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पु¥याए पनि फेरि उनीहरू बानेश्वरतर्फ फर्किएका छन् । प्रहरीले रबरको गोलीसमेत चलाएको छ ।
प्रदर्शनका क्रममा माओवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
अहिले माइतीघर–तीनकुने क्षेत्रमा गाडी चलेका छैनन् । पटक–पटक प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका छन् । प्रहरीले दर्जनौँ राउन्ड अश्रु ग्यास र पानीका फोहरा प्रहार गरेको छ ।
हेर्नुहोस् तस्बिर :