logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपालले आज क्यानडासँग खेल्दै, पराजित भएपनि सेमिफाइनलमा पुग्नसक्ने

    नेपालले आज क्यानडासँग खेल्दै, पराजित भएपनि सेमिफाइनलमा पुग्नसक्ने

    1.5K
    Shares

    काठमाडौँ । ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए अन्तर्गत अन्तिम खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

    नेपाल लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्ने दाउमा छ भने क्यानडा पनि सोही रणनीतिमा छ । खेलमा नेपाल सामान्य अन्तरले पराजित हुँदा पनि सेमिफाइनल पुग्ने सम्भावना छ । 

    नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालको नेटरनरेट ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ म हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडाको रेटरनरेट २.५१२ छ । नेपालको नेटरनरेटलाई पछि पार्न क्यानडाले लगभग ३७ रनभन्दा माथिको अन्तरले जित्नुपर्छ । 

    नेपाली टाेली
    सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend