logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • आजकाे माैसमः यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

    आजकाे माैसमः यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

    1.3K
    Shares

    काठमाडाैं । आज बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही क्षेत्रमा वर्षा भएकाे छ । पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बाँकी पहाडी भूभागमा बदली रहेको छ ।

    दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले hgfPsf] 5 . बाँकी प्रदेशका पहाडी भूefगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको आँकलन गरिएकाे छ ।

    राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ । 

    बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सूदूरपश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले hgfPsf] 5 . 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend