logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एमसीसीबारे चीनको टिप्पणी– अल्टिमेटमको प्याकेजका साथ उपहार कसरी आउँछ ?

    एमसीसीबारे चीनको टिप्पणी– अल्टिमेटमको प्याकेजका साथ उपहार कसरी आउँछ ?

    1.3K
    Shares

    काठमाडौँ । अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीनले फेरि टिप्पणी गरेको छ।

    चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो’ भन्दै व्यंग्य गरेकी हुन् । 

    ‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ। नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई नेपालीलाई अमेरिकी जनताको उपहार भनेको छ’ बुधबारको नियमित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ?’

    नेपालका लागि सो उपहार स्वीकार गर्न कठिन साबित हुने उनको भनाइ थियो। उनले थपिन् ‘ त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ ? यो उपहार कि ‘पान्डोराज बक्स’ हो ? यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपाली भन्ने हुन कि भन्ने डर छ ।’ 

    जबरजस्ती कूटनीति र स्वार्थका आधारमा अन्य देशको सार्वभौमसत्ता र हितहरुको उल्लंघन हुनेगरी विकास सहयोग दिन नहुने उनले बताइन् । ‘नेपालको निकट छिमेकी र विकास साझेदारको रूपमा चीनले नेपाली जनतालाई स्वतन्त्र रूपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गरिरहनेछ र नेपालको सामाजिक आर्थिक विकासमा आफ्नो क्षमताले सक्दो सहयोग गर्ने छ,’ उनले जनाइन् । 

    यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि बढाएको दबाबप्रति असन्तुष्टी जनाउँदै  ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेका थिए । यसकाे चीनले प्रतिरोध गर्नेसमेत उनकाे भनाई थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend