logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • राष्ट्रसंघमा युक्रेनसम्बन्धि प्रस्तावमा रुसद्वारा भिटो प्रयोगः चीन, भारत र युएई सहभागी भएनन्

    राष्ट्रसंघमा युक्रेनसम्बन्धि प्रस्तावमा रुसद्वारा भिटो प्रयोगः चीन, भारत र युएई सहभागी भएनन्

    2.4K
    Shares

    काठमाडौं । पश्चिमी देशहरुले शुक्रबार राती संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ । 

    रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरुले सुरक्षा परिषदमा लगेका थिए । उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषयमा रुसले भिटो प्रयोग गरेको हो । 

    रुसले भिटो प्रयोग गरेसँगै अब सुरक्षा परिषदमा उक्त प्रस्ताव माथि छलफल हुनेछैन । 

    राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ । अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन् । 

    शुक्रबार राती नै सुरक्षा परिषद्का सदस्यहरुबीच प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो । मतदानमा चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) अनुपस्थित रहेका थिए । बाँकी ११ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए । 

    मस्यौदामाथि अब राष्ट्रसंघका १९३ सदस्य रहेको महासभामा जाने बताइएको छ । 

    प्रस्तावमा सुरक्षा परिषदको गैरजिम्मेवार सदस्यले छिमेकी युक्रेनमाथि आक्रमण गरेको, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय प्रणाली बिगार्ने, शक्तीको दुरुपयोग गर्ने जस्ता आरोप रुसमाथि लगाइएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend