logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • एमसीसीबारे जसपाको ‘निर्णायक बैठक’ आज

    एमसीसीबारे जसपाको ‘निर्णायक बैठक’ आज

    3.6K
    Shares

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा दुई धारमा बाँडिएको जसपामा शनिबार यस विषयमा निर्णायक छलफल हुने भएको छ । शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक शनिबार पनि जारी रहने भएको हो भने सो बैठकमा एमसीसीको विषयमा गम्भीर रुपमा छलफल हुने नेताहरुले बताएका छन् । 

    जसपाका नेता ईस्तियाक राईले शुक्रबारको बैठकमा अमेरिकासँग भएको एमसीसीको सम्झौतापत्र अध्ययनका वितरण गरिएको र त्यो सम्झौतापत्रका सन्दर्भमा आज नेताहरुले धारणा राख्ने बताए । नेताहरुको धारणापछि पार्टीले आवश्यक निर्णय गर्नेछ।  

    जसपामा अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा देखिएका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चाहिँ पक्षमा उभिएका छन् । पार्टीभित्र बढ्दो विवादका बीच जसपाले एमसीसीमा कस्तो निर्णय लिन्छ भन्नेमा चासोका साथ हेरिएको छ । सुरुदेखि नै यादव र भट्टराईबीचको विवादले फुट उन्मुख रहेको सो पार्टीमा एमसीसीले थप जटिलता पैदा गरेको नेताहरुको भनाइ छ । 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend