logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • गठबन्धन बचाउन व्याख्यात्मक घोषणा भनिएको हो – प्रचण्ड

    गठबन्धन बचाउन व्याख्यात्मक घोषणा भनिएको हो – प्रचण्ड

    2K
    Shares

    १५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्दा  गठबन्धनको सरकार जोगीने बताएका  छन् ।

    व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्ने बिषयमा पार्टीमा प्रश्न उठेपछि त्यसको जवाफमा प्रचण्डले व्याख्यात्मक घोषणाले एमसीसी पास हुने सत्ता पनि जोगीने गठबन्धन पनि रही रहने बताएका हुन्।  

    आइतबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा  अध्यक्ष प्रचण्डले भनेका छन्, ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’

    लामो समयदेखि संसद अवरुद्ध गरेको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले पनि यसो गर्नु परेको उनको तर्क थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend