१५ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको छ।
आज बानेश्वरमा बसेको पार्टीको बैठकले व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्ने निर्णय गरेको हो।
व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको पार्टी एक नेताले जानकारी दिए । व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्न पार्टीले सर्वसम्मत निर्णय गरेको ति नेताले बताए।
व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्दा ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने भएकोले पार्टीले पास गर्ने निर्णय गरेको ति नेताले सुनौलो नेपालालाई बताए।
यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो। आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ।