logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • एमसीसीले नेपालमा पैसा मात्रै हैन अन्य चिज पनि ल्याउछ भन्ने जनतालाई डर छ : राजेन्द्र लिङदेन

    एमसीसीले नेपालमा पैसा मात्रै हैन अन्य चिज पनि ल्याउछ भन्ने जनतालाई डर छ : राजेन्द्र लिङदेन

    2.3K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले एमसीसी सम्झौताबाट नेपालमा पैसा मात्रै नभई अन्य चिज पनि नेपाल भित्रिन्छ भन्ने डर भएको बताएका छन् । 

    प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफलमा बोल्दै  अध्यक्ष लिङदेनले एपसीसीबारे जनतामा डर पैदा गराएको बताएका हुन् । एमसीसी आर्थिक सहायता मात्रै नभई राष्ट्रिय विषय भएकाले यसमा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए । 

    ‘एकतर्फ सडकमा हानाहान छ । संसदको सवैभन्दा ठुलो दलले संसदमै होहल्ला गरेको छ ।   यस्तो अवस्थामा जनताले चासो राखेको एमसीसी सरकारले सदनमा पेश गरेको छ ।’ उनले भने राष्ट्रिय मुद्धामा राष्ट्रिय सहमति खोज्नुपर्छ । 

    संसदबाट गर्ने हरेक निर्णय ठिक नहुने बताउदै अध्यक्ष लिङदिनले भने ‘महाकाली सन्धि पनि राष्ट्रिय हितमा छ भनेर सम्झौता भयो तर अहिले हेर्नु महाकाली सन्धिले कति फाईदा दिएको छ ।’

    उनले वैदेशिक सम्बन्धलाई सत्ता चढने सिढिको रुपमा प्रयोग नगर्न उनले सत्ता साझेदार दललाई आग्रह गरे । वैदेशिक सम्बन्धलाई केटाकेटी खेलेजस्तो मान्दा रसिया र युक्रेन जस्तो हुन सक्ने उनले बताए ।    


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend