logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्णः राष्ट्रपति जेलेन्स्की

    आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्णः राष्ट्रपति जेलेन्स्की

    1.7K
    Shares

    एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताए । 

    टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ । 

    यसैबीच, रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता रहन निर्देशन दिएका थिए । उनले  नेटोको “आक्रामक व्यवहारका सतर्कतामा रहन निर्देशन दिएका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend