logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • नेपाली कांग्रेसको चुनावी अभियान केही समय पछि सर्ने

    नेपाली कांग्रेसको चुनावी अभियान केही समय पछि सर्ने

    2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको चुनावी अभियान केही समय पछि सर्ने भएको छ । शुक्रबार (फागुन २०) देखि सुरु गरिने अभियान करिब दुई सातापछि सर्ने भएको छ । फागुन २० देखि चैत २० सम्मका लागि तोकिएको अवधि परिमार्जन गर्न लागिएको हो ।

    चुनाव केन्द्रित प्रसारका लागि ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्न लागिएको थियो । कार्य सम्पादन समितिले फागुन ३ मा गरेको उक्त निर्णय संशोधन हुने भएको छ । अभियानका लागि तयारी नपुगेको जनाउँदै दुई साता पछिबाट मात्रै सुरु गर्ने बताइएको छ ।

    मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसमीसी) नेपाल कम्प्याक्ट संसदबाट अनुमोदन गराउनका लागि पार्टी सम्पूर्ण रुपमा केन्द्रित हुँदा अभियानको तयारी नपुगेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । ‘एमसीसी अनुमोदनका लागि पार्टी सम्पूर्ण रुपमा लाग्यो । ‘अभियानका लागि तयारी पुगेन’ महामन्त्री शर्माले भने,’चैतको पहिलो साताबाट अभियान सुरु गर्न हुन्छ ।’

    देशभरका सबै वडामा अभियान सुरु गरी घर–घरमा कांग्रेस कार्यकता पुगेर पार्टीको व्यापक प्रचार गर्ने तयारी गरिएको छ । एक महिने अभियानमा संगठन सुदृढीकरणसमेत महत्व दिने पार्टीले निर्णय गरेको छ । पार्टीका सबै तह, भ्रातृ र शुभेच्छुक संस्था अभियानमा सहभागी गराउने कांग्रेसले निर्णय गरेको छ ।

    भ्रातृ संस्थाको विधान टुंगाए लगत्तै अभियानका सन्दर्भमा छलफल गरी निर्णय गरिने शर्माले जानकारी दिए । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० मा गर्ने गरी मिति तय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend