logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेण्डा

    माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेण्डा

    1.7K
    Shares

    काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ ।  माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

    ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रकाे आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनकाे अधिकार केन्द्रीय कमिटीलाई दिएकाे थियाे । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेकाे छ ।

    अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए ।  

    माओवादिमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

    माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend