logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • १२ घण्टाअघि अर्का क्रिकेटरलाई दिएको श्रद्धाञ्जली बन्यो वार्नको अन्तिम ट्वीट

    १२ घण्टाअघि अर्का क्रिकेटरलाई दिएको श्रद्धाञ्जली बन्यो वार्नको अन्तिम ट्वीट

    3.4K
    Shares

    एजेन्सी । अष्ट्रेलियाली दिग्गज लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो ।

    वार्नले शुक्रबार बिहान अस्ट्रेलियाका पूर्व विकेटकिपर ब्याट्सम्यान रड मार्शको निधनबारे ट्वीट गरेका थिए। यसमा उनले मार्शको मृत्युप्रति दुःख व्यक्त गरेका थिए । यो नै उनको जीवनको अन्तिम ट्वीट साबित भयो ।

    रिपोर्टका अनुसार शेन वार्न थाइल्याण्डको एउटा भिल्लामा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । डाक्टरहरूको अथक प्रयासको बाबजुद उनलाई बचाउन सकेनन् ।

    sw_cdZZ0sexr2.jpg

     

    रेकर्डका राजा थिए शेन वार्न

    वर्नलाई विश्वले क्रिकेट मैदानमा उनको शानदार दर्शनका लागि सधैँ सम्झि रहनेछ । वर्न टेस्ट क्रिकेटमा ६०० र ७०० विकेटको कोसेढुङ्गामा पुग्ने विश्वकै पहिलो बलर हुन् । आईपीएलको उपाधि जित्ने उनी पहिलो कप्तान थिए ।

    जति महान् त्यति धेरै विवाद

    वार्नको महानतासँगसँगै थुप्रै विवादहरू पनि जोडिएका छन् । उनी सधैँ कुनै न कुनै कारणले समाचारमा छाइरहन्थे । उनी क्याप्टेन स्टिभ वासँग विवाददेखि लागूपदार्थ सेवन गरेको आरोपमा विश्वकपबाट बाहिरिनु परेको कारण चर्चामा रहे। यस्तो कम उमेरमै हृदयाघातको प्रमुख कारण वार्नको चुरोट र रक्सीको लतलाई मान्न सकिन्छ । वार्न  चेन स्मोकर थिए । त्यस्तै धेरै रक्सी पनि पिउँथे ।

    बल अफ द सेन्चुरी

    इंग्ल्याण्ड र अष्ट्रेलियाबीच एसेज शृंखलाको खेल चलिरहेको थियो। यो म्याचमा शेन वर्नले त्यस्तो बलिङ गरे जसले विश्वलाई चकित बनायो । भनिन्छ, वार्नको यो बल ९० डिग्रीसम्म घुम्यो। त्यसैले यसलाई शताब्दीको बल भनियो । वार्नले आफ्नो करियरमा यस्तै धेरै अचम्मका बलहरू बलिङ गरे ।

    शेन वार्नले सन् १९९२ को सिड्नी टेस्टमा २३ वर्षको उमेरमा भारत विरुद्ध आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले जनवरी २००७ मा सिड्नीमा इङ्गल्यान्डविरुद्ध आफ्नो अन्तिम टेस्ट म्याच खेले ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend