logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पाटन प्रिमियर लिग क्रिकेट: उपाधि कैलपाललाई

    पाटन प्रिमियर लिग क्रिकेट: उपाधि कैलपाललाई

    3.3K
    Shares

    बैतडी । बैतडीको पाटनमा  सम्पन्न  पहिलो संस्करणको पाटन प्रिमियर लिग(पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । 

    कैलपालको यो लगातार पाचौँ उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८।३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३/२३ रन बनाए । 

     पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे ।  श्रीकृष्ण माविको खेलमैदानमा १७१ रनको लक्ष्य पन्छाएको पाटनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन मात्रै जोड्न सक्यो । पाटनका लागि पञ्कज चन्दले ५५ रनको योगदान गरेपनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझायो । कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे । उनी म्यान अफ द फाइनलसमेत चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए ।  

    उपाधिसँगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । यस्तै सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान पाटनका विकास विष्ट भए । पाटनकै दीपेन्द्र चन्द बेस्ट बलर भए ।  सर्वोत्कृष्टले रु तीन हजार ३३३ तथा बेस्ट बलर  र  बेस्ट ब्याट्सम्यानले समान एक हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाए ।   

    विजेता तथा उपविजेता टोलीलाई बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे ।  पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो । आगामी वर्षमा पनि यो प्रतियोगितालाई निरन्तरता दिँदै थप भव्य र सभ्य बनाउने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष पारस विष्टले बताए ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend