काठमाडौं । युक्रेनमा युद्धको सुरु भएको आईतवार ११ दिन भएको छ । युक्रेनमा अहिले बिहान भएको छ । किएभ र खार्किभबीच रहेको पोल्टाभा शहरमा हवाई आक्रमणको साइरन बन्द भएको बिबिसीले जनाएको छ ।
रुसी हमलाबारे थाहा पाउनुपर्ने केही कुराहरु :
१.युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पश्चिमा समर्थक राष्ट्रलाई ’नो फ्लाइ जोन’ घोषणा गर्न आग्रह गरेका छन् । जेलेन्स्कीले अमेरिकी सांसदहरूसँग भिडिओ कल गर्दा पनि यो कुरा दोहो¥याएका छन् । उनले अमेरिकी राष्ट्रपति बाइडनसँग पनि शनिवार राति कुराकानी गरेका छन् ।
२.नेटोले ’नो फ्लाइ जोन’ घोषणा गर्न अस्वीकार गर्दै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ’नो फ्लाइ जोन’ घोषणा गर्नु भनेको युद्धको कारबाही हुने चेतावनी दिएका छन् ।
३.रुसले रणनीतिक महत्वको मरिअपल शहरमा बमबारी जारी गरेको छ । त्यहाँका नागरिकलाई बाहिरिन सहयोग पुग्ने गरी गर्ने भनिएको युद्धविराम भङ्ग भएको युक्रेनी अधिकारीले जनाएका छन् ।
४.कतिपय शहरमा पानी र बिजुली सेवामा अवरोधआएको बताइएको छ ।
५.अमेरिकी पैसा सम्बन्धी कारोबार गर्ने विशाल कम्पनीहरू भिसा र मास्टरकार्डले रुसमा आफ्नो सेवा स्थगित गरेको बताएका छन् ।
६.रुसी र युक्रेनी प्रतिनिधिहरू अर्को चरणको सहमतिका लागि सोमवार भेट्दैछन् ।