logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • किसान आन्दोलन : बाला नलागेर पीडित बनेका किसानलाई बीउ बेच्नेबाटै क्षतिपूर्ति दिलाइने

    किसान आन्दोलन : बाला नलागेर पीडित बनेका किसानलाई बीउ बेच्नेबाटै क्षतिपूर्ति दिलाइने

    2K
    Shares

    काठमाडौं । समयमै क्षतिपूर्ति नपाएको भन्दै धानमा बाला नलागेर पीडित बनेका किसानहरु पुनः आन्दोलित भएका छन् । डीवाई २८ नामक हाइब्रिड धान पीडित उपत्यका वरपरका किसानहरुले शुक्रबार माइतीघर मण्डलामा विरोध सभा गरेका हुन् ।

    अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा किसानहरुले सरकारसँग तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् ।

    बाला नलागेर पीडित किसानलाई बीउ बेच्नेबाटै क्षतिपूर्ति दिलाइने
    समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित कृषक आशिष अधिकारीले गुनासो गरे । सरकारले घोषणा गरेको राहत रकम उपत्यकामा बूढानीलकण्ठका थोरै किसानले मात्रै पाएको उनले गुनासो गरे ।

    तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने उनीहरुले चेतावनी दिएका छन् । किसानलाई समयमै मल, बीउ र विषादीको उपलब्धता गराउन पनि उनीहरुले सरकारसँग माग राखेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend