काठमाडौँ । नेपाली काँग्रेस धनुषाका सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। विमलेन्द्र निधी समूहका पजियारले दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई ६८९ मतले पराजित गरेका हुन् ।
अन्तिम मतपरिणामअनुसार कूल खसेको २ हजार ८१४ मतमध्ये पजियारले १ हजार ७३५ ल्याएर निर्वाचित हुँदा यादवले १ हजार ४६ मत प्राप्त गरे । त्यस्तै, ३३ मत बदर भएको छ ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि प्रत्याशीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा पनि निधिनिकट पजियारले नै सर्वाधिक मत ल्याएका थिए ।