logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • गौर–चन्द्रनिगाहपुर सडकखण्डमा संकास्पद वस्तु फेला

    गौर–चन्द्रनिगाहपुर सडकखण्डमा संकास्पद वस्तु फेला

    3.9K
    Shares

    काठमाडौं । रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सडकबीच भागमा बम आकृतिको संकास्पद वस्तु फेला परेको छ ।

    जिल्लाको चन्द्रपुर नगरपालिकाको मोथियाहीमा राजमार्गको बिचमा माथिबाट टायल्सले थिचेर तल कपडाको टालोले बेरेर राखिएको अवस्थामा संकाष्पद वस्तु भेटिएको हो । 

    बिहानै राजमार्गको बिचमा उक्त वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवतजावत बन्द गरेको छ ।

    संकास्पद वस्तु हेर्नको लागि स्थानीयको भिड लागेको छ । उनीहरुलाई सुरक्षाकर्मीले बार लगाएर टाडै रोकिराखेका छन् ।

    संकास्पद वस्तु के हो ? र, कसले राखेको हो अहिलेसम्म नखुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

    बम रहेको नरहेको भन्ने बारे यकिन हुन नसकेको र नेपाली सेनाको बम डिष्पोजल टोलीलाई खबर गरिसकेको प्रहरीले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend