logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • राप्रपा नेपालको सुनसरी, रुपन्देही र धादिङमा नेतृत्व चयन

    राप्रपा नेपालको सुनसरी, रुपन्देही र धादिङमा नेतृत्व चयन

    3.1K
    Shares

    काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिइरहेको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरू गठन भइरहेका छन्  । यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरूको भेलाले पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं  र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

    चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिति गठन भएको छ । यसै गरी धादिङ जिल्लामा लोसपा जिल्ला कार्य समिति राप्रपा नेपालमा समाहित भएको छ । लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हिजो मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो ।

    जनवर्गीय सङ्गठनहरूमा  युवक,विद्यार्थी,महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन् । केही दिन भित्र धार्मिक र सांस्कृतिक  संगठनको केन्द्रीय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend