बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

निर्वाचन अनुगमन समिति गठन

निर्वाचन अनुगमन समिति गठन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्यांकन गर्न संरक्षक परिषदले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ ।

महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्यांकनका लागि संघको बिधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो ।

अनुगमन समितिमा दिल गुरुङ, हिक्मत थापा, बिश्वो आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend