logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

    यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

    2.5K
    Shares

    बैतडी । मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।  सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो । 

    टोलीमा स्नेहा महरा, मनिषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनिषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा रहेका छन् ।  

    यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्पिक खेलाडीको रुपमा छनोट भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम क्रिकेट प्रशिक्षक जानकी कुमारी भट्टले बताईन् ।  

    नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैँछ । १९ वर्षमुनिको मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । धनगढीको फाप्ता क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा मुलुकको सातै प्रदेशको सहभागिता रहनेछ । उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा हुने छ ।

    प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend