logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • लेटाङमा प्रहरी र स्थानीयबीच झडपः नियन्त्रणमा खटिएकी महिला जवानको हत्या

    लेटाङमा प्रहरी र स्थानीयबीच झडपः नियन्त्रणमा खटिएकी महिला जवानको हत्या

    4.2K
    Shares

    काठमाडौँ । मोरङको लेटाङमा भएको झडप नियन्त्रणमा खटिएकी एक प्रहरी जवानको मृत्यु भएको छ । लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। 

    प्रहरीका अनुसार आक्रोशित स्थानीयको भीडमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । 

    लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेपछि स्थानीयहरु आक्रोशित बनेका थिए। विद्यालयमा रहेका शिक्षक पौडेललाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति नाजुक बनेको थियो। त्यही बेला झडप भएको प्रहरीले जनाएको छ।

    विद्यालय तनावग्रस्त बनेपछि प्रहरीको टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो। विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई  प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो।सोही क्रममा महिला प्रहरीको घाँटीमा छुरा प्रहार गरेर हत्या भएको हो। 

    भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रेटोल बम प्रहार भएको बताइएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend