काठमाडाैं । स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेकाे पाेलिटब्युराे बैठक आज साेमबार बस्दै छ ।
बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजेका लागि तय भएकाे छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घाेषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए । पाेलिटब्युराेमा ९९ जना छन् । स्थानीय तहकाे निर्वाचन हुन ५३ दिन बाँकी छ ।
बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ ।