काठमाडौं । नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र टी–२० सिरिजको लागि छुट्टा–छुट्टै राष्ट्रिय टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघले दुवै टिमको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिएको छ । यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल दुवै टिममा पर्न असफल भएका छन् ।
यस्तै टिममा विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारी पनि छैनन् । एकदिवसीय टिममा देव खनाल र टी–२० टिममा अदिल अन्सारीले पहिलो पटक स्थान पाएका छन् । नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ । लगत्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी–२० सिरिज हुनेछ । दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ ।
पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ । यस्तै टी–२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ ।
नेपालले चैतमा खेल्ने सिरिज :
नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज – चैत ११ र १२ गते
नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी–२० सिरिज – चैत १४ देखि २१ गतेसम्म