काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको कार्यक्रमका लागि हल सानो हुने गरेको बताएका छन् ।
आज शुक्रबार चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो पार्टीप्रति जनाताको विश्वास रहेकाले पार्टीको जुनसुकै कार्यक्रममा हल सानो हुने, कुर्सी नपुग्ने गरेको बताएका हुन् ।
‘पहाडका जिल्लाहरुमा हुने कार्यक्रम होस् या उपत्यका भित्रका कार्यक्रममा हाम्रो पार्टीको कार्यक्रममा जहाँपनि हल सानो हुने, कुर्सी नपुग्ने समस्या देखिन थालेको छ ।’ उनले भने ।
अध्यक्ष्य नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाए । आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेका उनको भनाई छ ।
उनले चुनाव चिन्हप्रति टिप्पणी गर्दै सुर्यमा ग्रहण लागेपनि कलममा ग्रहण नलाग्ने बताए ।