logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • सिंहदरवार गुरुयोजना छिटो अघि बढ्छ : मन्त्री झाँक्री

    सिंहदरवार गुरुयोजना छिटो अघि बढ्छ : मन्त्री झाँक्री

    3.4K
    Shares

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार गुरुयोजना छिटो अघि बढाइने बताएकी छन् । देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने भन्दै मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताईन् । 

    शुक्रबार मन्त्रालयमा आयोजित  सिंहदरवार गुरुयोजनाबारे छलफल कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताईन् । ‘देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तब्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन ।  सकेसम्म छिटो अघि बढाउन गृहकार्य थालेका छौं ।’ उनले भनिन् ।

     

    jhakri .jpg

    सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत  गरिने बताउँदै उनले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गदैै सर्वसाधारणको प्रवेशलाई समेत व्यवस्थित बनाउनु पर्ने सुनाईन् । 

    सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने मन्त्री झाँक्रीको भनाई छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend