logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

    सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

    1.7K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बसेको हो ।

    उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेल लगायतमा बैठकमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ । समयमै उम्मेदवार तय गर्न  र समयमा संसदीय समिति गठन गर्न बैठक बोलाइएको हो । 

    चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । केन्द्रीय संसदीय समितिमा सभापति, महामन्त्री स्वतः सदस्य हुन्छन् भने पदाधिकारीहरू पदेन सदस्य हुन्छन् ।

    सभापतिले समावेशिताको आधारमा केन्द्रीय सदस्यबाट ११ जना संसदीय समितिमा मनोनीत गर्ने व्यवस्था छ । महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ ।

    उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिले गर्नुपर्दछ ।

    प्रतिनिधि सभा क्षेत्र संसदीय समितिले देशभरका ६ हजार ७४३ वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्ने अधिकार विधानले अधिकार दिएको छ । कांग्रेस संस्थापनइतर पक्षले विधान अनुसार टिकट वितरणको अधिकार सबन्धित संरचनालाई दिनुपर्ने तर्क राख्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend