logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • युद्धमा रुसका अर्का एक लेफ्टिनेन्टको मृत्यु भएको युक्रेनको दाबी

    युद्धमा रुसका अर्का एक लेफ्टिनेन्टको मृत्यु भएको युक्रेनको दाबी

    2.9K
    Shares

    काठमाडौं । युक्रेनमा रुसको हमलाबिच युक्रेनको रक्षा मन्त्रालयले अर्का एक ठुला रुसी अधिकारीको युद्धमा मृत्यु भएको दाबी गरेको छ ।

    खेरसोनमा एक हमलाका बेला रुसी सेनाका लेफ्टिनेन्ट जनरल याकोव रेजान्त्सृवको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

    लेफ्टिनेन्ट जनरल याकोव रुसको ४९ औँ कम्बाइन्ड आर्मीका कमान्डर थिए । एक पश्चिमी अधिकारीका अनुसार युक्रेनमा मृत्यु हुने याकोव सातौँ जनरल र दोस्रो लेफ्टिनेन्ट जनरल थिए ।

    रुसी सैनिकमा मनोबलको कमीका कारण वरिष्ठ अधिकारी फ्रन्ट लाइनमा पुगिरहेको बताइँदै छ । युक्रेनमा युद्ध सुरु भएदेखि अहिलेसम्म १,३५१ जवानको मृत्यु भएको रुसले दाबी गरेको छ । यस्तै, किभ र पश्चिम अधिकारीका अनुसार वास्तविक आँकडा त्योभन्दा पनि धेरै भएको बताइएको छ ।

     युक्रेनको दाबी : यी रुसी जनरलको भयो मृत्यु
    – याकोव रेजान्त्सेव : कमान्डर, ४९ औँ कम्बाइन्ड आर्मी
    – आन्ड्रे मार्दविचेव :  कमान्डर, ८ औँ कम्बाइन्ड आर्मी
    – ओलेग मित्येव  :    कमान्डर, १५० औँ राइफल डिभिजन
    – आन्द्रे कोलिएसनिकोव  : कमान्डर, २९ औँ कम्बाइन्ड आर्मी
    – विटली गेरासिमव  :  चीफ अफ स्टाफ, ४१ औँ कम्बाइन्ड आर्मी
    – आन्ड्रेय सुखोवेत्स्की  : डिप्टी कमान्डर, ४१ औँ कम्बाइन्ड आर्मी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend