बुटवल । बुटवलमा सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
यातायात व्यवस्था कार्यालय बुटवलले लिएको लिखित परीक्षामा सहभागी तीन जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देही शुद्धोधन गाउँपालिका– ६ का २५ वर्षीय रामआशिष लोध, रोहिणी गाउँपालिका– ३ का १९ वर्षीय सूर्यप्रकाश धोवी र अर्घाखाँची मालारानी गाउँपालिका– ४ का २३ वर्षीय सुशील पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।