logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • कांग्रेस आवश्यकताका आधारमा गठबन्धन गर्ने पक्षमा छ : डा. प्रकाशशरण महत

    कांग्रेस आवश्यकताका आधारमा गठबन्धन गर्ने पक्षमा छ : डा. प्रकाशशरण महत

    3.2K
    Shares

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । 

    आईतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताए । 

    प्रवक्ता महतले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने  जानकारी दिए । अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको उनको भनाई छ ।

     प्रवक्ता महतले भने, ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आफ्नो आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ ।’ उनले भने,‘ गठबन्धनको आवश्यक्ता छ भन्ने नै कुरा उहाँहरुले गर्नुभएको छ ।

    प्रवक्ता महतले भोलि (सोमबार) स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने जानकारी दिए ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend