logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • ६ करोड लागतमा बनेको ‘जनयुद्ध’ स्मृति टावको उद्घाटन गर्न प्रचण्ड रोल्पामा 

    ६ करोड लागतमा बनेको ‘जनयुद्ध’ स्मृति टावको उद्घाटन गर्न प्रचण्ड रोल्पामा 

    4K
    Shares

    रोल्पा । रोल्पामा झन्डै ६ करोड लगानीमा टावर निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको हो । टावरको आज उद्घाटन हुँदै छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेलिकोप्टर चढेर यो टावर उद्घाटन गर्न आउँदैछन् ।

    रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले प्रचण्डले आज टावर उद्घाटन गर्ने बताए । त्यसपछि प्रचण्डले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ०७६ भदौ ७ गते तत्कालीन अर्थमन्त्री बर्षमान पुनले टावरको शिलान्यास गरेका थिए । ‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको मेयर केसीले बताए ।

    नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण गरिएका छन् । रोल्पाभर सहादत प्राप्त गरेका ७६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १६५ गरी कूल ९४६ जनाको स्मृतिमा टावर नजिकै अर्को शालिक निर्माण उनले बताए ।

    ‘रोल्पा जनयुद्धको उद्गम स्थल हो र जनयुद्ध स्मृति टावरले युद्ध पर्यटनको विकासमा मद्दत गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ,’ मेयर केसीले भने ।

    पहाडको डाँडोमा किन टावर चाहियो भनेर आलोचना हुने गरेको प्रश्नमा उनले भने, ‘यो टावर नगरपालिकाको आयआर्जनको माध्यम बन्न सक्छ । मासिक दुई लाख आउने गरी टेन्डर आह्वान गरेर व्यवस्थापन गर्न लागिएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend