काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार आज कार्यसम्पादन समिति गठन गरेका हुन् ।
विधानअनुसार ३३ सदस्यीय समिति बनाउनुपर्ने भए पनि अहिले २० सदस्यीय समिति बनाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
‘कार्यसम्पादन समितिमा बाँकी १३ जना सदस्य पनि अध्यक्षले छिट्टै मनोनीत गर्नुहुन्छ,’ उनले भने ।
जसमा,
अध्यक्ष :
राजेन्द्र लिङ्देन
उपाध्यक्ष :
बुद्धिमान तामाङ
बिक्रम पाण्डे
ध्रुबबहादुर प्रधान
रोशन कार्की
हेमजङ्ग गुरुङ
मुकुन्द श्याम गिरी
महामन्त्री :
धवलशमशेर राणा
भुवन पाठक
कुन्तीकुमारी शाही
राजेन्द्र गुरूङ
प्रल्हाद साह
केन्द्रीय सदस्य :
दीपक बोहोरा
नवराज सुवेदी
हरिबहादुर बस्नेत
बालाराम घर्ती मगर
जयन्त चन्द
टंक ढकाल
ठाकुरप्रसाद शर्मा
ऋषिबाबु परियार कार्यसम्पादन समितिमा समेटिएका छन् ।