काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणा देउवा सहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा बनारस पनि जान लागेको जानकारी दिएको छ । बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो ।