काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले सरकारले निजामती कर्मचारीलाई नजिक्याउन चेतावनी दिएका छन् । सुनौलो नेपालसगँको कुराकानीमा अध्यक्ष कोइरालाले सरकारले निजामती ऐन जबरजस्ती ल्याएर कर्मचारीलाई जिस्क्याउने काम गरेमा निजामति कर्मचारी अरिङगाल भएर निस्कने बताएका हुन् ।
‘सरकारले हामीलाई नजिस्क्याओस्, यदि जिस्क्यायो भने हामी अरिङगाल हुन्छौ ।’ उनले भने– ‘सरकारले निजामती कर्मचारीको पक्षमा ऐन ल्यायो भने हामी मौरी भएर मह दिन्छौ, देशभर दिपावली मनाउनेछौं यदि यसको विपरित भयो भने निजामति कर्मचारीले देशभर सेवा बन्द गर्छ, सिंह दरवारका चार ओटै ढोकाहरुमा ताला लाग्छ ।’
अध्यक्ष कोइरालाले सघिंय निजामती सेवा ऐनको परिभाष मिलेको छैन त्यसलाई सच्याउनुपर्ने, स्थानिय तहमा जाने कर्मचारीलाई पनि निजामती कर्मचारी लेखिनुपर्ने, निजामति कर्मचारीलाई स्वचालित, सक्रिय रुपमा सरुवा गर्नुपर्ने, कर्मचारी समायोजन गर्न नपाउने ऐनलाई सरकारले खोल्नुपर्ने बताए ।
श्रीमान श्रीमती दुर्वजना निजामति कर्मचारी हुन् भने उनिहरुको कार्यक्षत्र एकैठाउँमा बनाई सगैँ बस्ने वातावरण मिलाउनुपर्ने, हरेक दुई दुई बर्षमा कर्मचारी सुरुवाको व्यवस्था मिलाउनुपर्ने उनले बताए । जसले गर्दा परिवार सगैं हुने, सरुवाका लागि कसैलाई भन्सुन गर्न नपर्ने उनको भनाई छ । निजामति कर्मचारीले दिने सेवा सुविधा राम्रो भएपनि अपजस खाईराख्नुपर्ने प्रवृत्ति बढेकोप्रति उनले देखेसो गरे ।
‘निजामती कर्मचारीले दिने सेवा सुविधा रामे छ । १÷२ जना कर्मचारीको कमजोरीका कारण सवै कर्मचारी खराव भन्ने प्रवृत्ति बढ्यो ।’ उनले भने । उनले नेपालका निजामति कर्मचारीले दक्षिण यशियामै सवैभन्दा कम तलव,भत्ता र सुविधामा सेवा दिएको सुनाए ।
यस्तो अवस्थामा पनि नेपालका निजामती कर्मचारीले जनताको सेवा गर्ने कसम सम्झिएर काम गरिरहेको बताए । कमजोरी जुनसुकै क्षेत्रमा पनि हुने तर निशानामा सधैं निजामती कर्मचारी पर्ने गरेको उनको भनाई छ ।